
काठमाडौं । प्रधानमन्त्री शेरबाहादुर देउवाले न्यायालयको विवाद लम्बिएपछि कानुनमन्त्री दिलेन्द्र बडूलाई बालुवाटार बोलाउनुभएको छ ।
हिजो वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि आज विहान प्रधानमन्त्री देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाउनुभएको हो ।
हिजो कानुन मन्त्रालयमा पुगेर वरिष्ठ अधिवक्ता, राधेश्याम अधिकारी, हरिहर दाहाल, पूर्णमान शाक्य लगायतले कानुनमन्त्री बडूसँग भेटवार्ता गर्नुभएको थियो ।
उहाँहरुले प्रधानन्यायाधीश चोलेन्द्र जबरालाई पदच्युत गर्न सरकारले अग्रसरता देखाउनुपर्ने माग गर्नुभएको थियो । यद्यपी पनि बडूले अदालतको विषयमा संविधानको दायराभित्र रहेर सरकारले अगाडि बढ्ने बताउनुभएको थियो ।
न्यायालयमा देखिएको विवादलाई नजिकबाट नियालिरहेको भन्दै जनता न्याय पाउनबाट बन्चित भएकोमा सरकारको ध्यानाकर्षण भएको बताउनुभएको थियो ।