
काठमाडौं। विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियालाई हराएको छ ।
दक्षिण अमेरिकी प्रतिद्धन्दीलाई कोलम्बियालाई हराउँदै ब्राजिल कतारमा सन् २०२२ मा हुने विश्वकपमा छनोट भएको छ ।
छनोट प्रतियोगितामा अपराजित रहदै ब्राजिल विश्वकपमा छनोट भएको हो । ब्राजिलले ११ जित र एक बराबरीको नतिज आत्मसाथ गर्यो ।
छनोट खेलमा कुल २७ गोल गरेको ब्राजिलले मात्र ४ गोल ब्यहोर्यो । ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो टिम बनेको छ ।
बिहीबार बिहान ब्राजिलले कोलम्बियालाई १–० गोल अन्तरले हराएको हो ।
ब्राजिलको जितमा लुकास पक्केटाले विजयी गोल गर्नुभएको हो । खेलको ७२ औं मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै पक्केटाले विजयी गोल गर्नुभएको हो।
ब्राजिलले १२ खेलबाट ३४ अंक जोडेको छ । कोलम्बिया १६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।
छनोटकै अन्य खेलमा चिलीले पाराग्वेलाई र इक्वेडरले भेनेजोयलालाई समान १–० गोल अन्तरले हरायो।