मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

विर्तामोड । झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही रहेको प्नहरीले जनाएको छ।

हिजो भएको दुर्घटनामा गम्भिर घाइते हुनुभएका शाहीको उपचारका क्रममा बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रहरीका अनुसार पश्चिमतर्फ आउँदै गरेको प्र १–०२–०४१ प २००० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहीको टाउकोमा गम्भिर चोट लागेको थियो ।

दुर्घटनामा पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २५ वर्षीय रुपम तामाङ पनि घाइते हुनुभएको छ । उहाँको उपचार भइरहेको प्रहरीले जनाएको छ।

Back to top button