आजबाट ‘द भ्वाइस किड्स’ सुरु

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ आजदेखि प्रसारणमा आउने भएको छ । ६ देखि १४ वर्षका बच्चाहरुको सहभागिता रहने यस शो शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि हिमालय टीभी एचडीमा प्रशारण हुने छ ।

यस शोमा बच्चाहरुको गायन कलाको साथमा उनीहरुको रमाइलो प्रस्तुति हेर्न पाइने शोका कोच प्रमोद खरेलले बताउनुभयो। उहाँका अनुसार, शोको सबैभन्दा रोचक राउन्ड नै ‘ब्लाइन्ड राउन्ड’ हुनेछ । आफूले बच्चाहरुको स्वर सुनेरै कुर्सी घुमाउने उहाँ बताउनुहुन्छ ।

शोमा प्रमोद खरेलको अलवा गायक राजु लामा, गायिकाद्धय मिलन अमात्य र प्रविशा अधिकारी कोचको रुपमा रहनु भएको छ । बच्चाको मनोविज्ञानलाई समेत ध्यानमा राखेर तयार गरिएको शोका निर्देशक लक्ष्मण पौडेलले बताउनुभयो ।

शोले ‘द भ्वाइस अफ नेपाल’ जस्तै दर्शकको माया पाउने विश्वास आफुले लिएको निर्देशक लक्ष्मण पौडेलले बताउनुभयो । २० भाग प्रशारण हुने शोको ‘ब्लाइन्ड अडिसन’ पछि ‘ब्याटल राउन्ड’ हुनेछ ।

Back to top button