पार्टी छाडेर जानेहरु, ब्यूँझेर फर्किनेछन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी छोडेर हिँडेका नेताहरु फर्केर आउने विश्वास व्यक्त गर्नुभएको छ ।

नेत्रबिक्रम चन्दको पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, तपाई ब्युँझेर फर्किनुभयो, अरु पनि चाँडै ब्युँझेर फर्किनुहुनेछ ।

उहाँले पार्टी छाडेर जनता समाजवादीमा जाने बाबुराम भट्टराई, मोहन वैद्य किरण, नेत्र विक्रम चन्द विप्लवलगायतका नेताहरुसँग पनि अंकमाल गर्ने दिनको प्रतिक्षामा आफू रहेको बताउनुभयो ।

आफूलाई अभिभावको रुपमा प्रस्तुत गर्दै प्रचण्डले भन्नुभयो,‘बुवाआमासँग झगडा गरेर हिँडेको छोरो बेलुकीपख जसरी पनि घर फर्किन्छ, नफर्किएसम्म बुवाआमालाई चिन्ताले सताउँछ ।

मलाई पनि त्यस्तै भएको छ ।’ प्रचण्डले सबै माओवादीहरु एक ठाउँमा केन्द्रित भएर नेपाली क्रान्तिलाई मौलिक तरिकाले अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।

Back to top button