प्रधानन्यायाधीशलाई वरिष्ठ अधिवक्ता दाहालको चेतावनी राजीनामा कि पदच्यूत रोज्ने ?

काठमाडौं । वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजिनामा नदिए पदच्यूत रोज्नुपर्ने चेतावनी दिनुभएको छ ।

नेपाल बार एशोसिएसनको आह्वानमा सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै दाहालले समय वित्दै गए पदच्यूतको बाटोमा जानुको बिकल्प नहुने चेतावनी दिनुभएको हो ।

यद्यपी समय अझै बाँकि रहेको भन्दै तत्काल राजीनामा दिन आग्रह गर्नुभयो । बारको लक्ष्य प्रष्ट रहेको भन्दै उहाँले त्यो पूरा नहुँदासम्म सर्वोच्चको मूल गेटमा धर्ना जारी राख्न समेत सुझाव दिनुभयो । उहाँले अब राजनीतिक दलहरु पनि चुप बस्न नहुने बताउनुभयो ।

Back to top button