‘सक्किगो नि’ पुनः युट्युवमै

काठमाडौं । ओभर दी टप ओटीटी प्लेटफर्ममा सःशुल्क हेर्न पाइने गरी रिलिज हुँदै आएको वेब सिरिज ‘सक्किगो नि’ पुनः युट्युवमै फर्किएको छ । ओटीटी प्लेटफर्महरुले समझदारी अनुसार काम नगरेको भन्दै सिरिजलाई युट्युवमै पुनः रिलिज गर्न थालिएको निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताउनु भएको हो ।

यसअघि सिरिजले केही नेपाली ओटीटी प्लेटफर्ममा सःशुल्क रिलिज गर्ने र त्यसको एक सातापछि युट्युवमा लन्च गर्ने सहमती गरेका थिए। प्रतिएपिसोड एउटा दर्शकबाट १९ रुपैयाँ संकलन गर्ने सहमती पनि थियो ।

ओटीटीको व्यवहारले दर्शकलाई निराश तुल्याउने परिस्थिती आएपछि सुःशुल्क रिलिजपछि हटिएको जानकारी उहाँले दिनुभएको हो । युट्युवसहित अहिले ओटीटी प्लेटफर्महरुमा निःशुल्क रुपमा सिरिज हेर्न पाइने भएको छ ।

ओहो मूभिज, क्लियर टिभी, भाया टीभी, डिसहोम गो, नेटटिभी लगायतका प्लेटफर्ममा सक्किगो नि निःशुल्क हेर्न पाइने भएको छ ।

Back to top button