आदेश क्षेत्रीको स्वरमा रहेको गीत ‘तिमी र म’

काठमाडौं । गायक आदेश क्षेत्रीको स्वरमा रहेको गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आदेश पौडेलको शब्द र संगीत, राहुल विश्वकर्माको एरेञ्ज र अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

भिडियोमा गायक आदेश र मोडल प्रेक्षा बज्राचार्य अभिनय रहेको छ ।

आचार्य गोपालको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा हिमाल शर्माको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर तथा संगीता क्षेत्रीको लगानी रहेको छ ।

किण्डल सिने स्टुडियो रेड मा पोस्ट प्रोडक्सन रहेको भिडियो द स्काई मुभिजको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Back to top button