बिपी प्रतिष्ठानका तीन जना पदाधिकारीलाई बर्खास्त गर्न छानबिन समितिको सिफारिस

विराटनगर । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तीन जना पदाधिकारीलाई बर्खास्त गर्न छानबिन समितिले सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष छानबिन समितिले सिफारिस गरेको हो । बिपीका सहकुलपति समेत रहनुभएका स्थ्यमन्त्री विरोध खतिवडा संयोजक रहेको छानबिन समितिले शुक्रवार प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री  देउवालाई सिफारिस गरिएको हो।

प्रतिष्ठानका पदाधिकारी भ्रष्टाचारमा संलग्न भएपछि प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरूले पदाधिकारी बर्खास्तको माग गर्दै आन्दोलन थालेका थिए । आन्दोलनकारीहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा धरानका मेयर तिलक राई र स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेल सदस्य रहेको छानबिन समिति गठन गरेका थिए ।

छानबिन समितिले प्रतिष्ठानमा आएर स्थलगत छानबिन गरी शुक्रवार प्रतिवेदन बुझाइएको थियो।  छानबिन समितिले गरेको अनुसन्धान र पदाधिकारीसँग लिएको बयानका आधार मानेर प्रतिवेदन तयार पारिएको मन्त्री खतिवडाले बताउनु भयो ।

 प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षादीक्षा डा.गुरु खनाल र अस्पताल निर्देशक डा.गौरी शंकर साहले प्रतिष्ठान सञ्चालन गर्न नसकेको र पदीय मर्यादा विपरीत आर्थिक अनियमितता गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिष्ठानका निवर्तमान रजिस्ट्रार डा.मोहनचन्द्र रेग्मीले समेत पदीय मर्यादा विपरीत प्रतिष्ठानमा आवश्यक सामग्री खरिद गर्दा आर्थिक अनियमितता गरेको पाइएकाले उहाँलाई समेत कार्वाहि गर्न गर्न सिफारिस गरेको धरान उपमहानगरपालिकाका मेयर समेत रहनु भएका छानबिन समितिका सदस्य तिलक राईले बताउनु भयो ।

Back to top button