प्रदेश १ मा ४१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण भएको छ । ३०६ जनाको पीसीआर परीक्षण गर्दा ३७ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५, सुनसरीमा १२, मोरङमा ८, इलाम र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ५, अर्जुनधारामा ३, हल्दिबारीमा २, गौरादह, मेचीनगर, विर्तामोड, बुद्धशान्ति र भद्रपुरमा १–१, सुनसरीको धरानमा ८, इटहरी र इनरुवामा २–२, मोरङको विराटनगरमा ३, उर्लाबारीमा २, सुन्दरहरैचा, रतुवामाई र लेटाङमा १–१, इलामको इलाम नगरपालिका र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९ महिला र २५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Back to top button