विराटनगरमा ६ जना जुवाडे पक्राउ

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ स्थित रानी भट्टीमोड लक्ष्मी लामाको घरमा तास खेलिरहेको अवस्थामा रकम सहित ६ जना जुवाडे पक्राउ परेका छन् ।

प्रहरीले नगद १ लाख २५ हजार ५ सय नगद सहित ३ बुङ तास समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेहरुमा विराटनगर १५ बस्ने ४३ बर्षिय बसन्त राई, सोही वडाका २७ बर्षिय महादेव श्रेष्ठ , विराटनगर १६ बस्ने ४८ बर्षिय पर्वत ढंगोल, सोही वडाका ४८ बर्षिय उमेश दाहाल, विराटनगर १४ निवासी ३९ बर्षिय अनिल विक त्यसैगरी विराटनगर १३ निवासी ५७ बर्षिय श्याम लामा रहेका छन् ।

तास खोलिरहेको सुचनाका आधारमा प्रहरीले लामाको घरमा छापा मारेको थियो।  पक्राउ परेका सबैजनलाई शुक्रबार म्याद थप गरी थप अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।

Back to top button