मूल्यवृद्धिको विरोधमा सत्तारूढ कांग्रेसको प्रदर्शन

विराटनगर । सत्तारूढ दल नेपाली कांग्रेस कटहरी गाउँ इकाई समितिले इन्धन तथा खाद्यवस्तुहरूमा  मूल्य वृद्धिको विरोध गरेको छ ।
हाटखोला चोकमा सवारीसाधन रोकेर समितिले आयल निगमले गरेको मूल्य वृद्धिप्रति विरोध जनाएको हो । इन्धनमा गरिएको मूल्य वृद्धि १० दिनभित्र फिर्ता लिनुपर्ने कांग्रेस कटहरिको माग रहेको छ । मूल्य नघटाए  थप संघर्षका कार्यक्रमहरू अघिसार्ने नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागका केन्द्रीय सदस्य विनायककान्त पन्तले बताउनु भयो ।
नेपाल आयल निगमले  बुधवार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र एसपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले मूल्य वृद्धि गरेको थियो । निगमले गरेको मूल्य वृद्धिको विरोधमा विद्यार्थी सङ्गठनहरू समेत आन्दोलनमा उत्रिएका छन्।

Back to top button