कांग्रेस नेताहरू धमाधम सुटुक्क दिल्लीतिर जाँदै

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह सुटुक्क दिल्लीतर्फ लाग्नु भएको छ ।
पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा लड्ने घोषण गरिसक्नु भएका  सिंह नेपालगन्जबाट लखनउ हुँदै दिल्लीतर्फ लाग्नु भएको हो । पूर्व महामन्त्री सिंह बर्दियामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर नेपालगन्जबाट रुपैडिया नाका हुँदै लखनउबाट दिल्लीतर्फ लाग्नु भएको हो । सिंहको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भ्रमणका दौरान सिंहले केही भारतीय नेताहरूसँग भेटघाट गर्ने जनाइएको छ ।
कांग्रेस सह–महामन्त्री सुनिलबहादुर थापा पनि हालै भारत भ्रमणबाट फर्किसक्नु भएको छ ।

Back to top button