टी–२० विश्वकपको उपाधि नयाँले जित्दै, न्यूजिल्याण्ड र अष्ट्रेलिया कस्ले मार्ला बाजी ?

विराटनगर । युएईमा जारी टी–२० विश्वकपमा यस पटक नयाँ च्याम्पियन बन्ने निश्चित छ । यसअघि उपाधि जितेका टीम फाइनल अघि नै बाहिरिसकेपछि फाइनल पुग्ने न्युजिल्यान्ड र अष्ट्रेलिया मध्ये एक ले उपाधि जित्ने निश्चित छ ।

यी दुवै टीमले अहिलेसम्म उपाधि जितेका छैनन । यी मध्ये कस्ले बाजी मार्ला त्यो भने फाइनल खेलको निर्णयले नै निर्धारण गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको हो भने दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले नै हराएर अष्ट्रेलिया फाइनल प्रवेश गरेको हो ।

न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले ११ वर्षपछि फाइनलमा स्थान बनाउन सफल भएको छ । यसअघि सन् २०१० को टी–२० विश्वकप फाइनलमा अस्ट्रेलिया इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो।

अहिलेसम्म ६ संस्करण सकिँदा पाँच टोली च्याम्पियन बनेका छन् । जसमा वेस्टइन्डिजले २०१२ र २०१६ गरी दुई पटक उपाधि जितेको छ । २००७ मा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो।

२००९ मा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै विश्व च्याम्पियन बनेको थियो। २०१० मा इंग्ल्यान्डले अष्ट्रेलियालाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो।

२०१२ मा वेस्टइन्डिजले श्रीलंकालाई ३६ रनले पराजित गरेको थियो। २०१४ मा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको थियो। पछिल्लो पटक २०१६ मा भएको टी–२० विश्वकपमा वेस्टइन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो।

Back to top button