मोरङ युएन्टोको दोस्रो परिषद् भेला सम्पन्न, अध्यक्षमा शम्भु राजवंशी निर्वाचित

पथरीशनिश्चरे । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन (युएन्टो) मोरङको दोस्रो जिल्ला परिषद् पथरीमा सम्पन्न भएको छ । पथरी बहुमुखी क्याम्पसको सभाहलमा हिजो सम्पन्न परिषद्को भेलाले शम्भु राजवंशीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

राजवंशीको अध्यक्षतामा ३३ सदस्यीय नयाँ जिल्ला समिति गठन भएको हो । समितिको वरिष्ठ उपाध्यक्ष राम थापा, महिला उपाध्यक्ष इन्दिरा गौतम नेपाल र उपाध्यक्षहरूमा रत्नबहादुर तामाङ, फौदराज खड्का, रामकुमार भट्टराई, सञ्जय शर्मा र हस्तबहादुर कार्की सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरी नवगठित समितिको सचिवमा बुद्धिनाथ अधिकारी, अर्थ सहसचिव मोतीबहादुर सिन्चौरी, सह–सचिवत्रयमा सन्तोष पोखरेल, रुद्रप्रसाद पोखरेल र नवराज दाहाल चयन हुनुभएको छ ।

सदस्यहरूमा डिल्लीप्रसाद खतिवडा, अर्जुन थपलिया, अर्चना ढुङ्गेल, बुद्धकला सुवेदी, राधिका बराइली, भोलानाथ पाण्डे, भूमिका मगर, गोविन्दप्रसाद निरौला, तुलसी भट्टराई, अम्बिका लुइटेल, ज्ञानबहादुर थेबे, नारद सुवेदी, रामऔतार शर्मा, शिवराज विष्ट, मनोज राजवंशी, कवीन्द्र राईलगायतका चयन हुनुभएको नवनिर्वाचित समितिका सचिव बुद्धिनाथ अधिकारीले जानकारी दिनुभयो ।

यसअघि भेलाको उद्घाटन राष्ट्रियसभा सदस्य गोपीबहादुर अछामी र नेपाल शिक्षक महासङ्घका केन्द्रीय उपमहासचिव दीननाथ तिम्सिनाले संयुक्त गर्नुभएको थियो ।

Back to top button