मोरङ सहित ५८ जिल्लामा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि

नेकपा एमालेले ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि छनौटको काम सम्पन्न गरेको छ । यस्तै पाँच जिल्लामा प्रतिनिधि छनौटको प्रक्रिया जारी रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरीएको छ । उहाँका अनुसार अधिकांश जिल्लामा सहमतिको आधारमा प्रतिनिधि छानिएको हो ।

मंसिर १०–१२ गते चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि एमालेले प्रतिनिधि छनोट गरेको हो ।

प्रतिनिधि चयन भएका जिल्लाहरु यसप्रकार छन् :

प्रदेश नम्बर १:

पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर ।
बागमती प्रदेशः
दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर ।
उपत्यका विशेष कमिटीः
पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी ।
गण्डकी प्रदेशः
गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ ।
लुम्बिनी प्रदेशः
गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया ।
कर्णाली प्रदेशः
हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत ।
सुदूरपश्चिम प्रदेशः
दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा
छनौट प्रक्रिया जारी रहेका जिल्ला
कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुरा

Back to top button