एकादशी मेलामा जान खाँदबारीले दियो कर्मचारीलाई दुई दिन विदा

खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिकाले हरिबोधिनी एकादशीमा दुई दिन विदा दिएको छ ।कात्तिक २८ गते र २९ गते दुई दिन विदा दिएको हो । कार्यपालिकाको बैठक बसेर निर्णय गरेर नगरपालिकाले बिदा दिएको हो ।

कात्तिक २८ गते र २९ गते यस नगरपालिका अन्तर्गत सम्पुर्ण विषयगत शाखाहरुरकार्यालयहरु वडा कार्यालयहरु स्वास्थ्य संस्था र विद्यालयहरुमा स्थानिय निर्णय भएको हुँदा उल्लेखित दिनहरुमा उत्त संस्थाहरु बन्द रहने भनि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक घिमिरेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यता नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले भने हरिबोधिनी एकादशीमा दुई दिन मेला लाग्ने भएकोले बिदा दिएको बताउनु भएको छ । एकादशीको अघिल्लो दिन मेला लाग्ने र भोलिपल्ट पूजा गर्ने गरेकोले बिदा दिएको उहाँको भनाइ छ । तर सेवाग्रहिले भने दुई दिन बिदा दिने निर्णयको बिरोध गरेका छन् ।

Back to top button