विष खुवाएर एकै परिवारका दुई बालकको हत्या

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा अज्ञात व्यक्ति विष खुवाएर एकै परिवारका दुई बालकको हत्या गरेको छ । देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको हत्या गरिएको हो ।

दुबै बालक अस्वस्थ्य भएपछि सुरुमा गरुडा अस्पतालमा उपचारको लागि लगिएको तर त्यहाँ उपचार सम्भव नभएपछि विरगञ्ज लग्ने क्रममा दुबै जनाको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले दुबै जना बालकको विष खुवाएर हत्या गरिएकोले गम्भीर तरिकाले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । अनुसन्धानपछि घटनाको बारेमा थप जानकारी प्राप्त हुने उहाँले बताउनुभयो ।

Back to top button