ओखलढुंगामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । ओखलढुंगामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । एकादशी मेलाका तीर्थालु सवार गरेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख काफ्लेले बताउनुभयो।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइसकिएको उहाँले बताउनुभयो ।

च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप बिहान सुनकोशी गाउँपालिकामा दुर्घटना भएको हो । एकादशी मेला भर्न जाने तीर्थालु बोकेको प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जीप सुनकोशी गाउँपालिका–९ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Back to top button