सभापतिको घरमा पार्टीको बैठक बस्‍नु दुःखद : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

उहाँले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाएको भन्दै आपत्ति जनाउनुभएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले बूढानीलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा हिजो केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाउनुभयो ।

नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने चेतावनी समेत दिनुभयो । उहाँले सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा गरिएको अधिवेशन मान्न नसकिने बताउनुभयो ।

नेता सिंहले राजनीतिक न्याय दिन पनि पार्टी नेतृत्वसँग माग गर्नुभयो । उहाँले विधि र नियम उल्‍लंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेकोबताउनुभयो ।

Back to top button