वायुसेवा निगममा प्रबन्ध निर्देशक पौडेललाई पर्यटन मन्त्रालय तानियो

काठमाडौं । नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेललाई सरकारले पर्यटन मन्त्रालयमा तानेको छ । मन्त्रीस्तरीय निर्णयबाट उहाँलाई मन्त्रालयमा हाजिर हुने गरी हिजो नै पत्र पठाइएको स्रोतले जनाएको छ ।

पौडेललाई मन्त्रालयमा नागरिक उड्डयनको विज्ञका रुपमा कामकाम गर्ने गरी निगमको जिम्मेवारीबाट मन्त्रालयमा हाजिर गराइएको हो ।

नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्षका रुपमा युवराज अधिकारी नियुक्त भएपछि पौडेल भूमिकाविहिन हुनुभएको थियो । पौडेलले सामाजिक संजालमार्फत आफू कुनैपनि कार्यकारी भूमिकामा नरहेको बताउनुभएको छ ।

Back to top button