मधुमेह दिवसमा न्यूरो अस्पतालमा निःशुल्क उपचार

विराटनगर । विश्व मधुमेह दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो अस्पतालमा सचेतना मूलक कार्यक्रम गर्नुको साथै निःशुल्क मधुमेह जाँच गरेको छ ।

अस्पताल परिसरमा हिजो विभिन्न सचेतना मुलक कार्यक्रमको साथै निःशुल्क मधुमेह जाँच तथा उपचार गरेको हो । अस्पतालका वरिष्ठ प्याथोलोजिस्ट डा. सागरराज पाण्डेले मधुमेह हुन नदिन र भइहाले पनि कसरी रोकथाम र नियन्त्रण गर्न सकिने बिषयमा विरामीहरूलाई स्वास्थ्य सचेतना दिनुभएको थियो ।

सोही अवसरमा विरामीहरुको निःशुल्क मधुमेह जाँच गरिएको थियो । निःशुल्क मधुमेह जाँचमा १ सय जना विरामीको उपचार गरेको अस्पतालले जनाएको छ ।

विरामीको उपचार अस्पतलाका वरिष्ठ फिजिसियन डा. केशरबहादुर गुरूङले गर्नुभएको थियो । स्वास्थ्य जाँच गरिएको विरामीहरुलाई अस्पतालले निःशुल्क औषधी पनि वितरण गरेको अस्पतालले जनाएको छ ।

विश्व मधुमेह दिवसको अवसर पारेर अस्पतालमा आएका विरामीहरुलाई अन्य जाँचमा ५० प्रतिशत छुट दिएको छ । न्यूरो अस्पतालले यसअघि पनि विभिन्न अवसर पारेर जाँच तथा उपचारहरु निःशुल्क तथा छुटसहित प्रदान गर्दै आएको छ । आउँदा दिनहरुमा यस्ता कार्यक्रममलाई निरन्तरता दिने बताएको छ ।

Back to top button