८ जना एसपी बढुवाको सिफारिसमा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। हिजो मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघि छुटेकाहरुलाई बढुवाका लागि सिफारिस गरेको हो।

प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपीविरुद्ध कुनै उजुरी नपरे स्वतः बढुवा हुनेछन्। गृहमन्त्रालयले सुन तस्करी प्रकरणमा मुछिएर मुद्दा खेपेका तर केही समयअघि सफाई पाएका एसपी विकासराज खनालसहित आठजनालाई बढुवा सिफारिस गरेको हो।

एसपी खनाल पहिलो नम्बरमा सिफारिस हुनुभएको छ । बढुवा सिफारिस हुनेहरुमा सुदिपराज भण्डारी, अनुरागकुमार द्विवेदी , राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टिकाबहादुर केसी, ध्रुबराज राउत र भोलाबहादुर रावल रहनुभएको छ ।

Back to top button