नेपाल बन्दको मिश्रीत प्रभाव, लामो दुरीका यातायातका साधन सञ्चालनमा आएनन्

विराटनगर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव प्रदेश १ मा मिश्रीत परेको छ । आज बिहानैदेखि प्रदेश १ को राजधानी विराटनगर हुँदै सञ्चालनमा आउने लामो दुरीका सवारीसाधनहरु सञ्चालनमा आउन सकेनन् ।

छोटो दुरीका सवारीका साधनहरु भने पातलो संख्यामा सञ्चालनमा आएका छन् । यातायात बाहेक यहाँका शिक्षण संस्थाहरुमा समेत मिश्रीत प्रभाव देखिएका छ ।

कतिपय शिक्षण संस्थाहरुले अभिभावक तथा विद्यार्थीहरुलाई आज विद्यालय बन्द हुने सन्देश पठाएका छन् । बन्दलाई मध्येनजर गर्दै सडकमा सुरक्षाकर्मीहरु परिचालित छन् ।

पेट्रोलियम पदार्थमा गरिएको अस्वभाविक मूल्यबृद्धिको विरोध गर्दै विप्लव नेतृत्वको पार्टीले चरणबद्ध आन्दोलन गर्दै आएको थियो । जस अन्तगर्त आज नेपाल बन्दको घोषणा गरेको हो ।

Back to top button