भाईको छुरा प्रहारबाट दाईको मृत्यु

इलाम । इलामको सन्दकपुर गाउँपालिका–१, चाँपगैरीका ३५ वर्षीय इच्छा मुखियाको आफ्नै भाईको छुराप्रहारबाट मृत्यु भएको छ ।

सामान्य विवादका क्रममा ३० वर्षीय भाई चक्र मुखियाले हिजो बेलुका छुरा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । बेलुका आफ्नै काका मानबहादुर मुखियाको घरमा भेला भएर मादक पदार्थ पिइरहेका दाजुभाईबिच सामान्य बादविवाद भएको थियो ।

त्यही क्रममा चक्रले चक्कु प्रहार गर्दा इच्छाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताउनुभयो ।

Back to top button