
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक कतारसँग टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।
आईसीसी टी–२० विश्वकप एसिया छनोट खेल्नुअघि तयारी स्वरुप नेपालले कतारसँग तीन खेलको सिरिज खेल्दैछ ।
खेल दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे शुरू हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०१९ देखि महिला टिमको टी–२० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपालको महिला टिमले पहिलो पटक सिरिज खेल्न लागेको हो ।
सिरिजको पहिलो खेल आज हुँदैछ । सिरिज खेल्न नेपाली टोली आइतबार नै कतारको दोहा पुगिसकेको छ ।