बेलबारीको कसेनीमा ट्याक्टर पल्टिदा दुईजनाको मृत्यु

मोरङ । मोरङको बेलबारी नगरपालिका–५ कसेनीमा ट्याक्टर पल्टदा सवार २ जना सह–चालकको मृत्यु भएको छ। दुर्घटनामा रंगेली नगरपालिका १ का २२ वर्षीय विजय हेमरन र १५ वर्षीय अबिनाश मरण्डीको मृत्यु भएको हो ।

हिजो बेलुका ८ बजे को २ त ८६८८ नम्बरको ट्याक्टरले ईन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिदा घाइते हुनु भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ वर्षीय आइती सतार टुडु इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Back to top button