गमगढी आगलागी पिडितकालागि तत्काल राहत घोषणा हुन्छ : मुख्यमन्त्री शाही

धनगढी । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गमगढी आगलागी पीडितका लागि प्रदेश सरकारले तत्काल राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ ।

गएराति मुगुको गमगढी बजारमा भएको आगलागीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री शाहीले स्थानीय प्रशासनको सिफारिसको आधारमा प्रदेश सरकारले तत्कालै राहत प्याकेज घोषणा गर्ने बताउनुभएको हो ।

उहाँले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीले तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको उल्लेख गर्नुभएको छ ।

 गएराति करिब साढे १२ बजे मुगुको गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएको छ । करौडौंको धनमाल क्षति भएको अनुमान गरिएको छ ।

Back to top button