
काठमाडौं । सर्वोच्च अदालतका चार जना न्यायाधीश आजबाट नियमित इजलासमा फर्किएका छन् ।
न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा आज वन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ भएको हो ।
अरु न्यायाधीशका इजलासमा तोकिएका मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै झण्डै तीन सातादेखि न्यायाधीशहरूले बेन्च बहिस्कार गर्दै आउनुभएको थियो ।