
विर्तामोड । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका आठ जना कार्यकर्ता झापामा पक्राउ परेका छन्।
पेट्रोलियम पदार्थ लगायतका अन्य खाद्य वस्तुमा भएको मूल्य वृद्धिको विरोधमा बजार तथा यातायात बन्द गराउँदै हिँडेका नेकपाका आठ जना कार्यकर्तालाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधबारेबाट सात जना र मेचीनगरको इँटाभट्टाबाट एक जनालाई नियन्त्रणमा लिएको र इँटाभट्टामा प्रहरी देख्नासाथ अन्य कार्यकर्ता भागेको प्रहरीको भनाइ छ ।