विद्युतीय चुलो र बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुलो र बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)को १९ र २० औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीको प्रयोग गरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘हामीले किन यो ग्याँसको चुलो बाल्ने ? हामीसँग यति धेरै विद्युत छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौँ’ उहाँले भन्नुभयो,‘हामी बिस्तारै विद्युतीय उपयोग तर्फ अघि बढ्नुपर्छ ।’

विद्युतीय समाग्री उत्पादन गर्ने उद्यमी र व्यापारीलाई सरकार सहयोग गर्न तयार रहेको समेत उहाँले बताउनुभयो । उहाँले ऊर्जा उत्पादकले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गर्नुभयो ।

Back to top button