प्रतिपक्षको अनुपस्थितिले प्रदेश १ संसद भोलीसम्मका लागि स्थगित

विराटनगर । प्रमुख प्रतिपक्ष नेकपा एमालेको अनुपस्थितिका कारण प्रदेश १ सभाको आजको बैठक भोली सम्मका लागि स्थगित भएको छ ।

प्रदेशसभाको बैठक सुरू हुने बितिकै सभामुख प्रदिपकुमार भण्डारीले कार्यसूचीमा प्रवेशै नगरी प्रमुख प्रतिपक्षी दल अनुपस्थित भएको भन्दै भोली ११ : ३० बजेसम्मका लागि सदन स्थगितको घोषणा गर्नुभएको हो ।

प्रमुख प्रतिपक्षी एमालेले बन्दका कारण प्रदेश सांसदहरू उपस्थित हुन नसकेकाले सदन स्थगितका लागि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए ।

मुख्यमन्त्री राजेन्द्र राईले सदनमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको थियो ।

Back to top button