पर्साको ठोरीमा ११ बिघा क्षेत्रमा लगाइएको गाँजाको प्रहरीद्वारा नष्ट

काठमाण्डौ । पर्साको ठोरीमा ११ बिघा जमिनमा स्थानीयले लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट डीएसपी प्रह्लाद कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले हिजो बिहान साढे नौ बजेदेखि बेलुका साढे पाँच बजेसम्म गाँजा फँडानी गरेको हो ।

दिनभरिमा लगभग दुई लाख २० हजार गाँजाका बोट नष्ट गरिएको पर्सा प्रहरीले जनाएको छ ।

अरु बाली जसरी खनजोत गरेर व्यवस्थित रुपमै गाँजा खेती गरेको भेटिएको र यसमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Back to top button