सर्वोच्चको विवादबारे बोल्यो गठबन्धन

काठमाडौँ । सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको सत्ता गठबन्धनका पाँच दलले जनाएका छन् । आज बसेको पाँच दलीय गठबन्धनलाई प्रभावकारी बनाउन गठित समन्वय समितिको बैठकले अदालतको विवादबारे ध्यानाकर्षण भएको जनाएको हो ।

राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको न्यायापालिकाको स्वतन्त्रता, गरीमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्दछ भन्ने हाम्रो धारणा छ र सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेछ भन्नेमा हामी आशा गर्दछौँ’ बैठकपछिको निर्णयमा भनिएको छ । बैठक कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको हो ।

Back to top button