१६३ तोला सुन र लाखौं रकमसहित कन्‍चनपुरबाट २ जना पक्राउ

सशस्त्र प्रहरीले १६३ तोला सुन र लाखौं रकमसहित कन्‍चनपुरबाट २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१ बस्ने लालचन्द्र शाही ठकुरी र कैलालीको लम्किचुहा नगरपालिका–१ की विष्णु शाही रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कन्‍चनपुरले जनाएको छ। ।

भारतको बेङ्गोरस्थित घरबाट सुन र लाखौं रकम चोरी गरेर भागेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू उक्त घरमा कामदारको रुपमा कार्यरत रहेको प्रहरीले बताएको छ ।

प्रहरीले चोरी भएको भारतीयले दिएको ठेगानाको आधारमा लालचन्द्रको घरमा छापा मार्दा सुनका गरगहना, विदेशी मुद्रा, पत्थर र ४ थान ल्यापटप बरामद गरेको सशस्त्र प्रहरी गणले जनाएको छ। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कन्‍चनपुरमा राखिएको छ ।

प्रहरीले चोरी गर्नेहरुको साथबाट भारतीय रुपैयाँलगायत अन्य विभिन्न देशका मुद्रासमेत बरामद गरेको जनाएको छ । भारतीय ४३ हजार ९००, हङकङ डलर ४०, थाईल्याण्डको भाट १ हजार २६०, युएसए डलर १ हजार ५, क्यानडियन डलर २ हजार ८१०, मलेसियन रिङ्गिट २३, सिङ्गापुर डलर १८, कतार रियाल १, दुबई दिराम १३०, चाईना युयान १६ बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै सुन जस्तो देखिने पहेलो धातु३७ तोला ११ आना, सुन जस्तो देखिने पहेलो धातु पत्थर सहित १२६ तोला २ आना र ल्पाटप ४ थान समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

Back to top button