चुनाव सम्मनै पाँच दलीय गठबन्धन सहकार्य गर्ने सहमति

काठमाडौं । आसन्न हुने भएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, जसपाका नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा, प्रतिनिधि सभा तथा प्रदेशसभाको आसन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्यलाई अगाडि बढाउने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा राष्ट्रियता, लोकतन्त्रको संवद्र्धन, संविधानको रक्षा र सुशासनको प्रवद्र्धनलाई वर्तमान गठबन्धनले मूल मन्त्र बनाएर अघि बढेको उल्लेख गरिएको छ ।

यसैगरी कोभिड–१९ रोकथामलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियानलाई युद्धस्तरमा अघि बढाइएको, कोभिडको त्रास र लकडाउन शृङ्खला अन्त्य भएर मुलुक सहज अवस्थातिर फर्किएको तथा कोभिडले थलिएको अर्थतन्त्रले गति लिन लागेको विज्ञप्तिमा उल्लेख छ ।

स्थिर सरकारको निर्माण तथा राजनीतिक स्थिरताको आशासँगै स्वदेशी तथा विदेशी लगानीकर्ता र उद्यमीहरू उत्साहित भएको पनि गठबन्धनको ठहर छ । पाँच दलीय गठबन्धन जनतालाई छिटो र सहजरूपमा सेवा–सुविधा उपलब्ध गराई जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न क्रियाशील रहेको पनि उल्लेख गरिएको छ ।

Back to top button