मोरङको कटहरीस्थित ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

विराटनगर । मोरङको कटहरीस्थित ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी भएको छ । बिहान साढे ५ बजेदेखि शुरुभएको आगलागी नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लागेको आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी, स्थानीय र विभिन्न क्षेत्रबाट आएका बारुणयन्त्र परिचालित छन् ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुशार विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ ।

Back to top button