प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत प्राप्त

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज प्रदेश १ सभामा विश्वासको मतका लागि भएको मत विभाजनमा उहाँले पक्षमा ५० मत ल्याउँदै बहुमतले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

प्रदेशसभाका ९२ जना सांसदहरु मध्ये ७९ जना आजको वैठकमा सहभागि हुनुहुन्थ्यो । ति मध्ये ५० जनाले विश्वासको मतका पक्षमा र २९ जनाले विश्वासको मतको विपक्षमा मत दिनुभएको थियो ।

यो सँगै प्रदेशसभाको वैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ ।

Back to top button