प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षको जुहारी

 विराटनगर । प्रदेश १ सभामा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिनुअघि सत्ता पक्ष र प्रमुख प्रतिपक्षी बिच जुहारी चलेको हो ।मुख्यमन्त्री राजेन्द्र राइले विश्वासको मत मागेपछि नेकपा एमालेका सांसद हिक्मत कार्कीले बोल्नुभएको थियो ।

उहाँले संसदमा नेपाली कांग्रेसको सातो गएकोले धामी झाक्रि नै बोलाउनु पर्ने अवस्था आएको हो कि भन्दै ब्यङ्ग्य गर्नुभयो । प्रदेशमा दोस्रो ठूलो शक्तिको रुपमा मानिएको कांग्रेसले चौथो शक्तिलाई सत्ता दिएको भन्दै उहाँले सातो गएको हो कि भन्ने आशंका गर्नुभयो ।

उहाँले विश्वासको मत लिनका लागि गठबन्धन दलले होटलमा सांसदलाई बन्दक बनाएर भएपनि मासुभात खुवाएर राखेको बताउनुभयो । यस्तै नेपाली काग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले एमालेका कारण देशमा दुर्घटना बढेको बताउनुभयो ।

उहाँले सबिधानको रक्षा गर्नेहरुले गठबन्धन बनाएको बताउनुभयो । प्रतिपक्षी दलले लगाएको आरोपको जवाफ दिदै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले एमाले दुइतिहाई बाट प्रतिपक्षमा आउनेले सुशासन सिकाएको नसुहाउने बताउनुभयो । उहाँले एमालेको मति हेर्दा जहिल्यै प्रतिपक्ष बस्ने खालको भएको बताउनुभयो ।

Back to top button