प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने भएको छ । माल्दिभ्सबाट हिजो काठमाडौं आइपुगेका लुले एमसीसीलगायत अमेरिकी विदेशी परियोजना र राष्ट्रपति वाइडेनका प्राथमिकताको विषयमा वार्ता हुने अमेरिकी दुतावासले जनाएको हो ।

लुले अन्य राजनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ भने आज आइपुग्ने उपसहायक मन्त्री केली केइडरलिङले नेपाली अधिकारी र नागरिक समाजका अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Back to top button