
काठमाडौं । दाङको बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा बिहान करिब चार बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ ।
गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको हो ।