फिल्म ‘काँडेतार’ को सुटिङ विराटनगरबाट सुरु

काठमाडौं । फिल्म ‘काँडेतार’ को सुटिङ विराटनगरबाट सुरु भएको छ । निर्माता समेत रहेका निर्देशक नवल खड्काले फिल्मको सुटिङ विराटनगरबाट सुटुक्क सुरु गर्नुभएको हो । पहिले काम सक्ने र पछि हल्ला गर्ने उदेश्यले उहाँले गुपचुप फिल्मको छायाङ्कन गर्नुभएको हो ।

नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा फिल्म बन्न लागेको हो । फिल्मको कथा महत्वपूर्ण भएकोले छायाङ्कनमा कहिँकतैबाट अवरोध नहोस् भनेर फिल्मको सुटिङ सुटुक्क गरिरहको निर्देशक खड्काले बताउनु भयो ।
फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रविन्द्र रञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी लगायतको मुख्य भूमिका देख्न सकिन्छ ।

सामना फिल्मस् प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । फिल्म अभिनयका लागि कलाकार मुरलीधर अहिले मुम्बईबाट नेपाल आउनु भएको छ । नवलले यस अगाडि राष्ट्रियताको बिषयमा दशगजा,भीमदत्त लगायतका फिल्म बनाउनु भएको हो ।

Back to top button