सरकारले संसदलाई काम दिन सकेन:नेम्बाङ

विराटनगर । सरकारले संसदलाई काम दिन नसक्दा संसद्ले सिन्को नभाँचेको एमाले नेता सुवासचन्द्र नेम्वाङले बताउनु भएको छ ।

प्रेस चौतारी मोरङले विहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले प्रधानन्याधीश चोलेन्द्रशम्सेर जवराको राजीनामा माग गर्दै न्यायाधिशले इजलास बहिस्कार गर्नु ठिक नभएको बताउनु भएको छ । उहाँले इजलास बहिस्कार गर्दा जनताले दुख पाएको गुनासो गर्नु भएको छ ।

सर्वोच्चमा देखिएको विवाद जतिसक्दो चाँडो निश्कर्षमा पुगोस्।’ अदालतमा देखिएको समस्या सलभ गर्नए सरकारले कुनै कदम नचालेको समेत उहाँले आरोप लगाउनु भएको छ । उहाँले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्न भने चाहनु भए्न ।

Back to top button