माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको परामर्शको आधारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको जनाइएको छ ।

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालसहित २० जनाको पदावधि आगामी फागुन २० गतेदेखि सकिने भएपछि सरकारले संवैधानिक व्यवस्थाअनुसार सो अघि नै चुनाव गर्न लागेको हो । जसअनुसार १९ पदमा चुनाव हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने गर्छन् । यो चुनावमा सत्तारुढ गठबन्धनबीच तालमेल हुने तयारी भएको छ ।

बैठकमा प्रदेशसभामा रिक्त सदस्यको उपनिर्वाचन गर्नेबारे समेत छलफल भएको बताइएको छ । विभिन्न प्रदेशमा १८ पदका लागि उपनिर्वाचन गर्नुपर्ने अवस्था रहेको छ ।

Back to top button