छुटेका आठ डीएसपीको एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो ।

एकैपटक भर्ना भएका अन्यको बढुवा भएपनि यी आठजना बढुवा हुनबाट छुटेका थिए । बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् ।

प्रहरी नियमावलीअनुसार उहाँहरुविरुद्ध उजुरबाजुर नपरे उनीहरुको स्वतः बढुवा हुनेछ ।

Back to top button