रोशन अधिकारीको स्वरमा रहेको गीत ‘रित्तो रित्तो’ सार्वजनिक

काठमाडौैं । रोशन अधिकारीको स्वरमा रहेको गीत ‘रित्तो रित्तो’ सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत तथा महाराज थापाको एरेञ्ज रहेको छ ।

गीतको भिडियोमा गायक रोशन र अभिनेत्री पुजा शर्माको अभिनय रहेको छ । मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको छ ।

विधान कार्की निर्देशित भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, मनीषा पोखरेलको सहायक निर्देशक, माधव शर्माको एशोसिएट निर्देशन र दीपेन्द्र गौतमको प्रोडक्सन रहेको छ ।

Back to top button