मोहितवंश आचार्य र गायिका मेलिना मैनालीको स्वरमा रहेको गीत ‘हाम्रो माया’ सार्वजनिक

काठमाडौं । गायक मोहितवंश आचार्य र गायिका मेलिना मैनालीको स्वरमा रहेको गीत ‘हाम्रो माया’ बोलको भिडियो सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक भिडियोमा अभिनेता नाजीर हुसेन र अभिनेत्री स्वस्तिमा खड्का अभिनय रहेको छ ।

गीतमा दिनेश थपलियाको शब्द, दीपक शर्माको संगीत, योगेश काजीको एरेञ्ज र श्याम स्वेत रसाइलीको मिक्सिङ रहेको छ ।

शान थापाले निर्देशिन गर्नुभएको भिडियोमा राजीव शर्माको कोरियोग्राफी रहेको छ ।

Back to top button