जिल्ला खेलकुद विकास समितिद्धारा कोशी सन्देशलाई मास्क हस्तान्तरण

विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङले कोशी सन्देश डटकमलाई मास्क हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को प्रकोप न्यूनिकरण भइनसकेको भन्दै स्वास्थ्य सावधानी अपनाइरहनु पर्छ भन्ने सन्देश प्रवाह गर्न मिडिया हाउसलाई मास्क हस्तान्तरण गरिएको समितिका अध्यक्ष रोहित कोइरालाले बताउनुभयो ।

समितिको कार्यालयमा कोशी सन्देशका प्रबन्ध निर्देशक तथा कार्यकारी सम्पादक सुदीप कोइरालालाई सर्जिकल मास्क हस्तान्तरण गर्नु भएको हो ।

Back to top button