सरकारले बाबा रामदेवको पतञ्जलीलाई जग्गा उपलब्ध गराउँछ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जली योग पीठलाई सरकारले जग्गा उपलब्ध गराउने बताउनुभएको छ ।

आज पतञ्जली योगपीठ नेपालले आयोजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गैरनाफामूलक कामका लागि सरकारले बाबा रामदेवलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो आज संसारमा साइड इफेक्ट नभएको औषधि केही छ भने त्यो आयुर्वेद मात्रै छ, बाबा रामदेवले नेपालमै आयुर्वेदिक औषधिहरू बनाउन चाहनुभएको छ, नेपाल सरकारका तर्फबाट उहाँलाई पूरा सहयोग हुनेछ । सरकारले जग्गा उपलब्ध गराउनेछ ।

प्रधानमन्त्री देउवाले बाबा रामदेवले नेपालमा धेरै काम गर्न खोजेको भन्दै सरकारले सक्दो सहयोग गर्ने वचन दिनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले बोलाउनुभएको थियो ।

Back to top button