पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा तिम्सिना विजयी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल ईकाईमा आज सम्पन्न निर्वाचनबाट कमला तिम्सिना सभापतिमा निर्वाचित हुनुभएको छ ।

७ सदस्यीय कार्यसमितिका लागि सभापतिमा दुईजनाको उम्मेदवारी परेको थियो । जसमा तिम्सिनाले २७ र अर्का प्रत्यासी दिपेन्द्र यादवले २२ मत प्राप्त गर्नुभएको थियो भने ३ मत बदर भएको थियो ।

सभापति बाहेकका पदमा भने यसअघि नै सर्वसहमति भएको थियो । जस अन्तर्गत समितिको सचिवमा राजेन्द्र बहादुर थापा र कोषाध्यक्षमा सरिताकुमारी यादव चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा दिपीका तामाङ,, चुणामणी पौडेल, दीपा खरेल र महेश मल्लिक चयन हुनुभएको छ ।

Back to top button